+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बेलडाँगीको भुटानी शरणार्थी शिविरमा पुस्तकालय उद्‌घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते २०:०१

७ वैशाख, काठमाडौं।दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पुस्तकालय उद्घाटन गरिएको छ।

शिविरमा २० तारिखका दिन साहित्यसाधक, कलाकार, शिक्षक र सामाजिक अगुवाहरुको उपस्थितिमा पुस्ताकालको उद्‌घाटन गरिएको हो।

मोरङको पथरीमा रहेको शरणार्थी शिविरका सचिव चम्पासिंह राईले पुस्तकालयको उद्‌घाटन गरेका हुन् ।

पछिल्लो समय अध्ययन गर्ने क्रम घटिरहेका बेला पुस्तकालय स्थापनाले मानिशलाई पठन संस्कृतिको बिकाशमा अघि बढाउने भन्दै प्रमुख अतिथि राईले शरणार्थीहरुको शिकाईलाई पुस्तकालयले सहयोग गर्ने बताए ।

द लिटेरेरी सोसाइटी अफ भूटानको आयोजनामा भएको कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेली, बेलडाँगी शरणार्थी शिविरका सहसचिव टेकबहादुर राई, पूर्व शिविर सचीव सन्चहाङ सुब्बा, डीबी सुब्बा, राजमान गुरुङ्ग, राजनैतिक अगुवा रिन्जिन दोर्जी लगायतको उपस्थिति रहेको थियो।

सोसाइटीका अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्याक्रममा रिफुजी आइडलका कलाकार तथा साहित्यकारहरुले सृजना समेत प्रस्तुत गरेका थिए ।

तेस्रो देश पुनस्र्थापना पछि बाँकी रहेको शरणार्थीलाई दातृ निकायले गर्ने सहयोग बन्द गरेपछि शरणार्थिको दैनिक जिवनदेखि शिक्षामा समेत समस्या हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?