+

चेल्सीविरुद्धको जितसँगै सिटीको उपाधि सेलेब्रेसन

२०८० जेठ  ८ गते ७:५७ २०८० जेठ ८ गते ७:५७
चेल्सीविरुद्धको जितसँगै सिटीको उपाधि सेलेब्रेसन

८ जेठ, काठमाडौं । प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटीले सोमबार राति चेल्सीलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै उपाधि सेलेब्रेट गरेको छ ।

दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग पराजित हुँदा सिटीले तीन खेल अगाडि नै उपाधि पक्का गरिसकेको थियो ।

सिटीले पछिल्लो ६ सिजनमा पाँचौ पटक र लगातार तेस्रो पटक प्रिमियर लिग जितेको हो ।

घरेलु मैदान एतेहाड स्टेडियममा चेल्सी विरुद्ध सिटीका लागि युलियन अल्भारेजले एक गोल गरे ।

सिटीका खेलाडी र समर्थकले जितपछि विजय उत्सव मनाएका थिए ।

यस सिजन ट्रेबल जित्ने लक्ष्यमा रहेको सिटीले जुन ३ मा म्यानचेष्टर युनाइटेडसँग एफए कप फाइनल खेल्नेछ । यस्तै च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग जुन १० मा खेल्नेछ ।

म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय