+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माधव नेपालले औंल्याए नेपालको अर्थतन्त्रका १५ वटा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १२:२२

८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रका सामू रहेका विभिन्न समस्याहरुको विवेचना गरेका छन् ।

सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छललफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गरेका अध्यक्ष नेपालले अराजकताकै कारण भ्रष्टाचार मौलाएको बताए ।

इमानदारिता र कर्तव्यनिष्ठा र मेहनत गर्ने प्रवृतिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको उनको व्याख्या छ ।

यावत समस्याहरुलाई समाधान गर्दै मुलुकको समग्र विकासमा सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

‘यो दिनमा मन्त्री भइसकेका एकसेएक छन, प्रधानमन्त्री भइसकेका व्यक्तिहरु पनि छन, बौद्धिक व्यक्तित्वहरु पनि छन्, सामाजिक अभियन्ताहरु पनि छन, यो सदनमा देशको हितको रक्षा गर्ने एकसेएक योद्धाहरु पनि छन । यी जम्मैको ज्ञान, बुद्धि र अनुभवलाई संगाल्ने हो भने के हामी यो देश बनाउन सक्दैनौं ?’ अध्यक्ष नेपाल आफै जवाफ दिन्छन्, ‘अवश्य बनाउन सकिन्छ ।’

यसका निम्ति आपसमा सहकार्यको आवश्यकता रहेको उनले बताए ।

नेपालले देशको अर्थतन्त्र सामू रहेका समस्या भन्दै राखेका १५ बुँदा :

१. न्युन आर्थिक बृद्धि
२. उच्च मुद्रा स्फति
३.मुल्य बृद्धि
४.जनशक्ति पलायन
५. लगानी न्युन

६. न्युन पुजिँगत खर्च
७. तरलताको संकुचन
८. घद्दो राजश्व परिचालन
९. उच्च ब्याजदर
१०. बाह्य क्षेत्रको सन्तुलन चाप

११. भुक्तानी शृङखला टुट्नु
१२. जमिनहरुको बाँझो हुँदै जाने समस्या
१३. खाद्यय संकटको नजिक
१४.योजनाको उचित छनोटमा समस्या
१५. योजनाको प्राथमिकतामा समस्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?