+
+

एमालेलाई माधव नेपालको आग्रह : बनिसकेको सरकार किन फुत्क्यो ? समीक्षा गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १३:४०

८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो त्यसको समीक्षा गर्न नेकपा एमालेलाई सुझाव दिएका छन् । आफ्नो कमिकमजोरी र त्रुटी पहिचान गर्न र अरुलाई घोचपेच गर्ने, सत्तोसराप गर्ने प्रवृत्ति त्याग्न पनि उनले एमाले आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले भने, ‘बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर हुँदैन, आफू भित्र के कमजोरी रहे त्यसको हामी सबैले समीक्षा गरौं । कमिकजोरी भएका छन भने तिनको पहिचान गरौं, सुधार गरौं ।’

नेपाली कांग्रेसले प्रधानमन्त्री नदिने भनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको समर्थन लिएर सरकार बनाएका थिए । तर पछि एमालेको साथ छाडेर प्रचण्डले कांग्रेसको साथ लिएका थिए ।

त्यसपछि एमाले सरकारबाट बाहिरएको छ । सरकारमा नरहेकै कारण घोचपेच नगर्न पनि नेपालको एमालेलाई सुझाव छ । उनले भने, ‘एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा ब्यथा मात्र पोखेर हुँदैन । सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरो हो । किन बस्न सकिएन ? त्यसको दोष अरुलाई दिएर हुँदैन ।’

नेपालको राजनीतिमा आफूले प्रमुख रुपमा पाँच वटा समस्या देखेको भन्दै उनले एमालेप्रति नै कटाक्ष गरेका छन ।

‘समस्या म अहिले देखिरहेको छु हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो । दोस्रो – आफूलाई सवै, सर्वज्ञानी ठान्ने प्रबृति हो । तेस्रो – अरुलाई अवमुल्यन गर्ने पवृत्ति हो’ अध्यक्ष नेपालले भने ।

उनले चौथो समस्या पनि केलाए । उनी भन्छन्, ‘अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिने भन्दा आफ्नो पाराले चल्ने प्रवृत्ति पनि समस्या हो । यसबाट मुक्त हुन सकिएन भने, भ्रष्टाचारबाट चुर्लुम्म डुब्ने प्रवृत्तिबाट मुत्त हुन सकिएन भने कहीँ पुगिँदैन ।’

पाँचौ समस्याको रुपमा उनले कुरा एउटा काम अर्को गर्ने प्रवृत्तिलाई देखाए । ‘कुरामा ठूला ठूला उपदेश छाँट्ने व्यवहारमा लागू नगर्ने प्रवृत्ति छ ।’

गलत प्रवृत्तिहरु त्याग्दै सबै एकतावद्ध भएर लाग्दा मात्रै मुलुक बनाउन सकिने उनको भनाइ छ । संसदमा मन्त्री भइसकेका, प्रधानमन्त्री भइसकेका व्यक्तिहरु, बौद्धिक व्यक्तित्वहरु, सामाजिक अभियन्ताहरु, सदनमा देशको हितको रक्षा गर्ने एकसेएक योद्धाहरु सबै सबै रहेको उल्लेख गर्दै उनले भनेका छन, ‘यी जम्मैको ज्ञान, बुद्धि र अनुभवलाई संगाल्ने हो भने के हामी यो देश बनाउन सक्दैनौं ? अवश्य बनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?