+
+

नदी जोगाउन पैदल यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १४:१९

८ वैशाख, पर्सा। पर्साको सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनुपर्ने माग राखेर पाँच दिनदेखि स्थानीयहरु पैदल यात्रामा छन्।

वीरगञ्जका ३५ जना स्थानीयहरु सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनु पर्ने माग राखेर राजधानी काठमाडौं आउँदैछन्।

नदीलाई प्रदूषण मुक्त बनाउन संघीय सरकारलाई दबाब दिन भनेर पैदल यात्रा सुरु गरिएको अभियन्ता सरोज रायले बताए । नदी जोगाउन हिडेको टोली चितवन पुगेको छ ।

बाराको जितपुर-सिमरा उपमहानगरको रामवन झाडीबाट उत्पती हुने यो नदीन बजार र औद्योगिक क्षेत्रमा पुगेपछि प्रदूषित हुन्छ।

नदी आसपासका उद्योग, कारखानाबाट निस्कने फोहोर सिधैं नदीमा मिसाउँदा नेपाल भारत सीमा छुट्याउने सिर्सिया प्रदूषित भएको छ। पर्सा राष्ट्रय निकुञ्ज हुदै बग्ने सिर्सिया नदी बाराको औद्योगिक करिडोर हुदैं बग्छ ।

सिर्सिया नदीको पानी बोकेर काठमाडौं आईरहेका सरोज राय लगायतका स्थानीयहरुले संघीय सरकारलाई सिर्सियाको प्रदुषित पानी उपहार दिने योजना बनाएका छन्।

‘यतिका समयदेखि सिर्सिया नदीमा औद्योगिक फोहोर नफालौं भन्दै मानेनन्। अहिले त्यही औद्योगिक प्रदूषणले बर्बाद बनाएको नदीको पानी लिएर हामी काठमाडौंमा सरकारलाई देखाउँछौं,’ रायले भने।

विरगञ्जदेखि काठमाडौं पैदल यात्रा गरिरहेका स्थानीयले सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन औद्योगिक क्षेत्रबाट निस्कने फोहोर नदीमा खसाउन बन्द गर्नुपर्ने मुख्य माग राखेका छन्।

सिर्सिया नदी प्रदूषण मुक्त बनाउन यस अगाडि पनि स्थानीयबासी जुरमुराएका थिए। ०६७ मा सिर्सिया नदी अनुगमन समिति गठन गरिएको थियो।

समितिले तत्कालीन वीरगञ्ज उपमहानगरपालिका, अवैध रूपमा सञ्चालित रक्सी भट्टी र औद्योगिक क्षेत्रका ४६ वटा ठूला तथा साना उद्योगले सिर्सिया नदीको पानीलाई प्रदूषण गरेको प्रतिवेदन बुझाएको थियो।

०७८ को चैतमा स्थानीयले सिर्सिया नदी जोगाउन पहलदकमी नगरेको भन्दै विरगञज महानगरपालिकाको कार्यालय घेराउ गरेका थिए।

यो आन्दोलनको एक वर्षपछि विरगञ्ज महानगरले सिर्सिया नदी प्रदुषित पारेको भन्दै पाँच वटा उद्योगलाई जरिवाना तिराएको थियो ।

सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सोमबार संसदमा समेत आवाज उठाएका छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यादवले भने, ‘सिर्सिया नदीको प्रदूषण रोक्न लागि संघीय सरकारको भूमिका चाहिएको छ। विरगञ्ज महानगरले पटक–पटक जरिवाना गर्दा पनि उद्योगहरूले अटेरी गरेका छन्।’

संघ सरकारमा उद्योग मन्त्री पर्साकै भएको बताउँदै उनले सोधे, ‘संघ सरकारका उद्योग मन्त्री पर्सा निवासी हुनुहुन्छ । सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही हुन्छ कि हुँदैन जानकारी चाहिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?