+
+

एक महिनादेखि सेक्युरिटी गार्डको काम गर्दै रोबोट, मानिसको रोजगारी संकटमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १४:०४

वैज्ञानिकहरुका अनुसार रोबोटले मानिसका अधिकांश काम आफैंले गर्ने र मान्छेका रोजगारी खोस्ने दिन अब खासै टाढा छैन । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा भैरहेको लगातारको विकासले यो खतरालाई झनै बढाइदिएको छ ।

अहिलेसम्म रोबोटले होटल तथा रेष्टुरेन्टमा वेटरको काम गरेका वा एयरपोर्टमा आगन्तुकको स्वागत गरेका समाचार हामीले पढेका थियौं । तर अब रोबोटले सेक्युरिटी गार्डको काम पनि गर्न थालेको छ ।

डेली स्टारको रिपोर्ट अनुसार यो रोबोटलाई मानिसजस्तै बनाउने कोसिस भएको छ । 1X नामक कम्पनीले उक्त रोबोट तयार गरेको हो । यसको नाम Humanoid EVE Robot हो । यसले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट काम गर्दछ । हाल यसलाई सेक्युरिटी गार्डको रुपमा ड्युटीमा खटाइएको छ । यसले गत अप्रिल महिनाको सुरुदेखि ने काम गर्न थालेको हो ।

कम्पनीका अनुसार यो रोबोटमा मानिसकै जस्तै हात तथा अनुहार छ । यसले आफ्नो हातले सामान उठाउन तथा ढोका खोल्न सक्दछ । यसलाई नर्वे तथा डलासमा औद्योगिक क्षेत्रमा बनाइने एन्ड्रोइडको निगरानीका लागि खटाइएको छ ।

एन्ड्रोइड अनियन्त्रित भएकाे अवस्थामा रोबोटले भर्चुअल रियालिटीको माध्यमबाट त्यसलाई सम्हाल्छ । यसका लागि रोबोटले क्यामरा सिस्टमसँगै अलार्म सेन्सर पनि प्रयोग गर्दछ जसबाट उसले आफूलाई सुम्पिएको निगरानीको काम राम्रोसँग गरिरहेको सुनिश्चित गर्न सकियोस् ।

यो रोबोटले मानिसले जस्तै काम गरेको देख्दा यसलाई स्वास्थ्य तथा हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा पनि प्रयोग गर्न सकिने आकलन गरिएको छ ।

डेलिमेलको रिपोर्ट अनुसार रोबोट निर्माता कम्पनीका सीईओ तथा संस्थापक बन्र्ट बोरनिचलले भेनका छन्- हामीसँग एउटा ठूलो सोच छ । हामी श्रमशक्तिको अभावको समस्या समाधान गर्न चाहन्छौं । यो कसरी गर्ने भन्ने हामीसँग प्रष्ट अवधारणा छ । तर हामीलाई निकै धेरै डाटाको आवश्यकता छ । मलाई लाग्छ कि हामीसँगै पूर्णरुपमा फरक समाज हुनेछ जहाँ हामीले श्रमिकको अभावको बारेमा सोच्नुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?