+
+

राजस्व संकलन र बाँडफाँटमा संघीय सरकारले एकलौटी गर्‍यो : मुख्यमन्त्री शाह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १४:१७

९ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुक (माग्ने) को व्यवहार गरेको आरोप लगाएका छन् ।

मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् ।

‘प्रदेश सरकारलाई अधिकार दियौं भनेर ललिपप खुवाएजस्तै छ । संघीय सरकार दाता प्रदेश सरकार भिक्षुकजस्तै भएको कारण संघीय सरकारलाई दबाव दिन थालिएको हो’ उनले भने ।

बजेट माग गर्दै सोमबार सुदूरपश्चिमका मुख्यमन्त्री शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेशसभाका विपक्षी दलका नेता राजेन्द्र रावल र मन्त्रीहरु सिंहरदबार आएका छन् । उनीहरुले संघीय सरकारका मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग भेट गरेका छन् ।

संघीय सरकारले राजस्व संकलन र बाँडफाँटमा एकाधिकार र असमान वितरण प्रणाली लागू गरेको मुख्यमन्त्री शाहले बताए । ‘केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाडमा एकाधिकार गर्‍यो । असमान वितरण प्रणाली लागू गर्‍यो । विकासलाई समतामूलक रुपमा गरेन । सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न पाएनन्’ उनले भने ।

प्रदेशभित्र रहेका राजश्वका स्रोतहरु पनि केन्द्रले नियन्त्रणमा लिएको मुख्यमन्त्री शाहले बताए । ‘भन्सारमा उठेका महशुलहरु केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो । वनका स्र्रोत केन्द्रले राखेको छ’ उनले भने, ‘…प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाइ रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?