+
+

कोशी प्रदेशको बजेट अधिवेशन आइतबार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १५:४३

९ जेठ, विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।

जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् ।

सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।

दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो ।

पहिचान पक्षधरले नाम संसोधन गर्न माग गर्दै आन्दाेलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो ।

प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि पहिचान पक्षधरहरुले प्रदेशसभा सचिवालय केन्द्रीय आन्दोलन थाल्ने तयारी गरेका छन् ।

गत फागुन १७ गतेदेखि आन्दोलनमा उत्रिएको प्रदेश १ पून नामाङ्कन संघर्षसमितिल प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?