
९ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार पुछारको एफसी खुमलटारले चौथो स्थानको सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
दशरथ रंगशालमा भएको खेलमा मेसुके ओलोमोउको एक मात्र गोल मद्दतमा खुमलटारले छिमेकी सातदोबाटोलाई १-० ले पराजित गरेको हो ।
जितपछि २० खेलबाट २१ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ । अन्तिमबाट दोस्रोमा रहेको फ्रेण्ड्ससँग खुमलटारले अंक बराबरी गरेको भने छ ।
रेलिगेसन जोनमा रहेको फ्रेण्ड्स र खुमलटार भन्दा एपीएफ, एनआरटी र संकटा दुई अंकले मात्र अघि छन् ।
पराजित सातदोबाटोले भने तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक दूरी एकमा झार्ने मौका गुमायो र चार अंकले पछि छ ।
२० खेलबाट २९ अंकसहित सातदोबाटो चौथो स्थानमै छ । समान खेलबाट जावलाखेल ३३ अंक जोडेर तेस्रोमा छ ।
२०औं चरणको खेल सकिँदा चर्च ब्वाइज युनाइटेड ३७ अंकसहित शीर्ष स्थानमा छ र उपाधिहौडमा अघि छ ।
चर्च ब्वाइजलाई पछ्याएको साविक विजेता मछिन्द्र एफसी ३४ अंकसहित दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4