
काठमाडौं । राजधानीमा रहेर सक्रिय सांगीतिक कर्म गर्दै आएका म्याग्देली कलाकारको छाता संस्था म्याग्दी कलाकार संघ नेपालको तेस्रो साधारणसभा तथा अधिवेशनबाट लोकदोहोरी गायिका लाली बुढाथोकी अध्यक्षमा चयन भएकी छन् । उनको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षमा मीना गर्बुजा, प्रथम उपाध्यक्षमा दिलकुमारी गर्बुजा, द्वितीय उपाध्यक्ष कृष्ण परियार, तृतीय उपाध्यक्ष दीपक शर्मा लगायत छन् । ‘छक्कापञ्जा’ फेम्ड संगीतकार दीपक शर्मादेखि अर्का चर्चित गायक प्रकाश दूतराज पनि कार्यसमितिमा अटाएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ लोकदोहोरी गायक खड्ग गर्बुजाले जिल्लालाई संगीतको माध्यमबाट चिनाउन संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । नवनिर्वाचित अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा म्याग्देली कलाकारलाई प्रोत्साहन तथा समस्या परेकालाई राहत दिने कार्यमा सक्रिय हुने बताइन् । नवनिर्वाचित टोलीलाई निर्वाचन मण्डलका संयोजक तथा संस्थापक अध्यक्ष राजन भुजेल, सल्लाहकार धनलाल जैसी, गायक रामजी जुग्जाली लगायतले शुभकामना प्रदान गरे ।
प्रतिक्रिया 4