+
+
Shares

चलचित्र पत्रकारितालाई माया गर्न जरुरी : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते २०:२८

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

राजधानीमा आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पुरस्कार प्रदान गरे । साथै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संघका अध्यक्ष समीर बलामी लगायतले समेत पुरस्कार प्रदान गरे ।

२५ वर्षदेखि कला पत्रकारितामा सक्रिय शान्तिप्रियलाई ५५ हजार ५५५ सय रुपैयाँ राशीको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरियो ।

तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

कार्यक्रममा संघले ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले फिल्मको समग्र पाटोलाई पत्रकारिताले समेट्ने भएकाले राज्यदेखि फिल्मकर्मी सबैले माया गर्नुपर्ने धारणा राखे । उनले भने, ‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ ।’ नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न पनि उनले आग्रह गरे ।

संघले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?