+
+

२ वर्षअघि नै डिलिट गरेका ट्वीट अहिले किन देखिए ?

एजेन्सी एजेन्सी
२०८० जेठ १० गते १३:१०

माइक्रोब्लगिङ साइट ट्वीटरमा एउटा ठूलो बग देखिएको छ । उक्त बगका कारण ट्वीटर प्रयोगकर्ताले डिलिट गरिसकेका पूराना ट्वीटहरु पनि देखिन थालेका छन् । साथै यो बग पत्ता लागेसँगै प्रयोगकर्ताहरुलाई उनीहरुको प्रोफाइल भेरिफाइ गर्नका लागि भनिएको छ र पुराना ट्वीटका बारेमा पनि सोधिंदैछ ।

द भर्जका एक पत्रकारले यस्तो खुलासा गरेका हुन् । उनको दाबी अनुसार दुई हप्ताअघि उनले आफ्ना सबै ट्वीट डिलिट गरेका थिए । तर ट्वीटरले ती सबै ट्वीटलाई रिस्टोर गरिदियो । रिस्टोर भएका ट्वीटमध्ये २०२० का ट्वीट पनि थिए ।

द भर्जका ती पत्रकार पछि अरु धेरै ट्वीटर प्रयोगकर्ताले पनि यस्तै दाबी गरेका छन् । एक प्रयोगकर्ताका अनुसार उनले गतवर्ष नोभेम्बरमा डिलिट गरेको ट्वीट अहिले अचानक देखा परेको छ । दाबी अनुसार ३८ हजार ट्वीट डिलिट गरेकोमा त्यसमध्ये ३४ हजार ट्वीट आफैं रिस्टोर भएका छन् ।

ट्वीटरमा गम्भीर बगका कारण यस्तो समस्या आएको भएता पनि ट्वीटरले भने आधिकारिक रुपमा केही बताएको छैन ।

स्मरण रहोस् ट्वीटर हालै आफ्नो प्लाटर्फममा २ घण्टासम्मको भिडियो अपलोड तथा शेयर गर्न सकिने फिचर जारी गरेको छ । एलन मस्कले छिटै नै ट्वीटरमा पिक्चर इन पिक्चर फिचर थप गरिने बताएका छन् । यो फिचर आएसँगै ट्वीटरमा भिडियो नरोकिकनै टाइमलाइनलाई स्क्रोल गर्न सकिनेछ । साथै भिडियोलाई १५ सेकेण्डसम्म रिवाइन्ड पनि गर्न सकिनेछ । पिक्चर इन पिक्चर मोड केवल ब्लू टिकधारीहरुलाई मात्र हुने कि सबै प्रयोगकर्तालाई उपलब्ध हुने भन्ने बारेमा चाहिं केही खुलाइएको छैन ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?