+
+

राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बाहुल्य हुने अवस्था देखापर्‍यो : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:०७

१० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले निर्वाचन ऐन संशोधन गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् ।

निर्वाचन ऐन संशोधन गर्दा चार वटा विषय सम्बोधन गर्न उनको सुझाव छ ।

सबै भन्दा पहिले महँगो निर्वाचन प्रणालीको विषयलाई ख्याल गरिनुपर्ने उनको राय छ ।

‘महंगो निर्वाचन प्रणालीको कारणले गर्दा राजनीतिमा असल, इमानदार र गरिब सामान्य अवस्थका मानसहरु आउने लगभग बन्द भएको छ’, उनी भन्छन्, ‘राजनीतिमा एक प्रकारले दलाल, माफिया र भ्रष्टाचारीहरुको बाहुल्य बढ्ने अवस्था देखा पर्‍यो।’

यसको अन्त्य गरेर साधारण मानिसहरु समेत राजनीतिमा आउने अवस्था ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले यस अनुसार निर्वाचन ऐन संशोधन गर्न सुझाव दिएका छन् ।

दोस्रोमा उम्मेदवार छनोट सम्बन्धी मापदण्ड बनाइनुपर्ने उनको माग छ । ‘उम्मेदवार छनोट गर्दा सम्बन्धित पार्टी कमिटीले बहुमतले गरेको निणर्य लागू हुने व्यवस्था गरियोस्’ बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने ।

कति पटक मुख्यमन्त्री, सांसद हुन पाउन त्यो पनि तय गर्नु पर्ने उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषय पनि निर्वाचन ऐनमा समेटिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?