+
+

आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरुलाई बिल गेट्सले के भने ?

एजेन्सी एजेन्सी
२०८० जेठ १० गते १३:२१

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको क्षेत्रका सर्वोत्कृष्ट कम्पनीहरुले भविष्यमा आम मानिसहरुका लागि विभिन्न काम गर्नसक्ने व्यक्तिगत डिजिटल एजेन्टको विकास गर्नसक्ने बताएका छन् ।

उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा जितका लागि भएको प्रविधिको दौड वास्तवमा सर्वोत्कृष्ट आर्टिफिसियल्ली इन्टेलिजेन्ट एजेन्टको विकासकै लागि हो र यसले सर्च इन्जिन, उत्पादनशीलता र अनलाइन सपिंग साइटहरुलाई बाधा उत्पन्न गर्नेछ ।

गोल्डम्यान साच ग्रुप तथा एसभी एन्जेलले अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजना गरेको Forward  विषयक कार्यक्रममा बोल्दै उनले भविष्यमा एआईले सपिङ साइट तथा सर्च इन्जिनहरुलाई विस्थापित गर्ने बताएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको दौडमा माइक्रोसफ्ट सामेल नभएको थियो भने आफू दु:खी हुनेथिएँ भन्दै उनले यो क्षेत्रमा माइक्रोसफ्ट लगायतका दिग्गज कम्पनीहरुको संलग्नता हुँदाहुँदै पनि स्टार्टअप हरुले नै बाजी मार्ने सम्भावना पनि ५० प्रतिशत रहेको बताएका छन् ।

उनले भनेका छन्- वषौंदेखि प्रविधि उद्योगका धेरै खेलाडिहरुले एआईयुक्त कम्प्युटर एसिस्टेन्ट बनाउन मेहेनत गरे जसमा प्रयोगकर्ताहरुले विभिन्न कामका लागि कम्प्युटरमा आवाज वा अक्षरको कमान्ड दिन सकियोस् । तर अव जसले पर्सनल एजेन्ट निर्माण गर्न सक्दछ, त्यो नै विजेता हुनेछ ।

सर्च इन्जिन गुगल र सपिङ साइट अमेजनको भविष्यको तस्वीर खासै उत्साहजनक नरहेको संकेत गर्दै उनले भनेका छन्- तपाईं कहिल्यैपनि सर्च साइटमा फेरि जानुहुनेछैन । तपाईं कहिल्यै पनि अमेजनमा जानुहुनेछैन ।

उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा उत्कृष्टता हासिल गर्दै पर्सनल एजेन्ट तयार गर्न सक्ने कम्पनीले हाल छरिएर रहेको यो उच्च मुनाफायुक्त क्षेत्रलाई आफुमा एकत्रित गर्न सक्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?