+
+
Shares

नागरिक अगुवा भन्छन् : नक्कली शरणार्थी प्रकरणका शंकास्पद जोसुकैलाई न्यायको कठघरामा ल्याउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १६:४९
अनुपराज शर्मा ।

१० जेठ, काठमाडौं । नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई मुद्दा दायर हुन लागेको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वप्रधान्यायधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसीसहितन केदारभक्त माथेमा, भोजराज पोखरेल, मोहना अन्सारी र त्रिरत्न मानन्धरले संयुक्त विज्ञप्ति निकालेर प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्ति जोसुकैलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन् ।

‘यसको अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झै यसमा पनि दण्डहीनता हावी हुने गरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ,’ उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यासले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनु पर्ने उनीहरुले चेतावनी पनि दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?