+
+

बोलिभियाको संसद बैठकभित्र झडप

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते ६:१३

११ जेठ, काठमाडौं । बोलिभियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा मंगलबार महिला सांसदबीच लात र मुक्का प्रहार भएको हो ।

बोलिभियन सांसदको कुटपिटको भिडियोमा महिला सांसदले एकअर्कालाई लात हानेको र भुत्ल्याएको दृश्य देख्न सकिन्छ । केही महिला सांसदले ब्यानर च्यातिरहेको देखिन्छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन गरेपछि सत्तापक्षीय सांसद प्रतिरोधमा उत्रँदा झडप भएको हो ।

संसद बैठकमा सत्तारुढ दलका मन्त्री एडुआर्डो डेल कास्टिलोले डिसेम्बरमा सान्ता क्रुज क्षेत्रका गभर्नरको गिरफ्तारीबारे प्रतिवेदन प्रस्तुत गरिरहेका बेला झडप भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार त्यसपछि विपक्षी नेताहरुले नाराबाजी गर्न थाले । विपक्षी नेताहरूले पनि मन्त्री क्यास्टिलोको तस्बिरसहितका ब्यानरहरू प्रदर्शन गरेका थिए। ब्यानरमा ‘आतङ्ककारी मन्त्री’ समेत लेखिएको थियो ।

यसैबीच सत्तारुढ दलका सांसदहरूले ब्यानर च्यात्न थाले । यो देखेर करिब २० सांसद आपसमा भिड्न थाले । भिडियोमा केही सांसदहरूले झडप रोक्न हस्तक्षेप गरेको पनि देखिन्छ ।

संसदमा मन्त्री एडुआर्डो डेल कास्टिलोले गभर्नरको गिरफ्तारी कानुनी भएको जिकिर गरिरहेका थिए । उनले विपक्षी नेता लुइस फर्नान्डो कामाचोको गिरफ्तारीलाई पनि कानुनी भएको दाबी गरिरहेका थिए ।

जब विपक्षी सांसदहरूले हंगामा गर्न थाले, डेल क्यास्टिलोले उनीहरूलाई कट्टरपन्थी, हिंसात्मक काम गरेको प्रतिक्रिया दिएपछि विवाद बढ्दै गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?