+
+

अमेजनले १७ मिलियन डलरमा खरिद गर्‍यो नेपालको कथामा बन्ने ‘आइस रोड २’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते ११:४१

काठमाडौं । नेपालको कथावस्तुमा निर्माण हुने तयारीमा रहेको लियान नीसन स्टारर हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काइ’को अन्तर्राष्ट्रिय स्ट्रिमिङ अधिकार अमेजन प्राइमले खरिद गरेको छ । डेडलाइन हलिउड म्यागजिनका अनुसार जारी कान्स फिल्म फेस्टिभलमा अमेजनले १७ मिलियन डलर रकममा उक्त फिल्म खरिद गर्ने सम्झौता गरेको हो ।

जर्मनीबाहेकका मुलुकमा स्ट्रिमिङको अधिकारसहित अमेजनले फिल्म खरिद गर्ने सम्झौता गरेको जनाइएको छ । जर्मनीको अधिकार चाहिं भिन्न वितरकलाई बिक्री गरिएको छ । यो फिल्ममार्फत अभिनेता नीसन अभिनयमा फर्किंदैछन्, जहाँ उनलाई जोखिम र हिउँ जमेको भूभागमा एक्सन गर्दै गरेको दृश्यमा देख्न पाइनेछ ।

नेपालको सगरमाथा र पहाडी भूभागको सेटिङमा खिचिने यो फिल्म सन् २०२४ मा निर्माण हुने उल्लेख छ । द सोलुसन इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय अधिकार बिक्री गरेको हो भने सीएए मिडियाले अमेरिकी अधिकार हेरेको छ । तर यी दुवैले यो सम्झौताबारे बताउन अस्वीकार गरेका छन् ।

फिल्मको यो बिक्री मूल्य यस वर्षको कान्समा सबैभन्दा उच्च रहेको समेत डेडलाइनले उल्लेख गरेको छ । सिक्वेलमा नीसनलाई ‘बिग-रिग’ आइस रोड ड्राइभर माइक म्याककानको रूपमा देख्न सकिनेछ, जो आफ्ना दिवंगत भाइको अन्तिम इच्छालाई सम्मान गर्दै सगरमाथामा अस्तुको खरानी छर्न नेपाल यात्रा गर्छन् ।

खचाखच भरिएको यात्रा बसमा कुख्यात रोड टु स्काइको १२ हजार फिट अग्लो इलाका पार गर्दा म्याकक्यान र उनको माउन्टेन गाइडले एक गुण्डा समूहको सामना गर्छ । जसमा आफू र निर्दोष यात्रुलाई जोगाउने दायित्व म्याकाकनको काँधमा आउँछ ।

फिल्मको लेखक तथा निर्देशकमा जोनाथन हेन्स छन् । सन् २०२१ मा फिल्मको पहिलो भागको अमेरिका बिक्री अधिकार नेटफ्लिक्सलाई कीर्तिमानी १८ मिलियन डलरमा बिक्री गरिएको थियो । जारी कान्स फेस्टिभलमा नेटफ्लिक्सले टड हेनिजको नयाँ फिल्म ‘मे डिसेम्बर’लाई ११ मिलियन डलरमा खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?