काठमाडौं । अंग्रेजी महिना डिसेम्बर सुरु भएसँगै यस महिना ओटीटी प्लाटफर्म पनि खास हुने पक्का छ । यदि तपाईं नेटफ्लिक्स, प्राइम भिडियोमा फिल्म र सिरिज हेर्न बस्नुभयो भने यो साताभर व्यस्त हुनुहुनेछ ।
यो साता आलिया भट्टको ‘जिगरा’ आउनेछ भने प्रतीक गान्धीको ‘अग्नि’ पनि चिसिंदो मौसममा दर्शकलाई मनोरञ्जन दिन तयार छ । तपाईं यो साता ओटीटीमा के हेर्न चाहनुहुन्छ ? यस्तो छ सूची ।
जिग्रा
दिदीभाइको सम्बन्धमा आधारित बलिउड फिल्म ‘जिगरा’ शुक्रबारदेखि नेटफ्ल्क्सिमा रिलिज भएको छ । आलिया दिदीको भूमिकामा छिन् भने वेदांग रैना भाइको रोलमा । वसन बालाले फिल्मलाई निर्देशन गरेका हुन् ।
विक्की विद्याका वो वाला भिडियो
राजकुमार राव र तृप्ति डिमरीको यो फिल्म करिब दुई महिनापछि ओटीटीमा रिलिज हुँदैछ । यो कथा एक जोडीको बारेमा हो, जसले आफ्नो सुहागरातको रातलाई रेकर्ड गर्छ तर यो टेप पछि चोरी हुन्छ । यो फिल्म नेटफ्ल्क्सिमा ७ डिसेम्बरमा रिलिज तयारीमा छ ।
तनाव सिजन २ : भोल्युम २
मानव विजले ‘तनाव सिजन २’ मा कबीर फारुकीको भूमिका निर्वाह गरेका छन् । गौरव अरोराले पनि दमदार अभिनय गरेका छन् । आतंकवादी समूह, विनाशकारी हमला, ठूलो मात्रामा बम विस्फोट र राष्ट्रिय सुरक्षा, के तिनीहरूलाई रोक्न सकिन्छ ? यो कथामा सिजन २ आधारित छ ।
अग्नि
तपाईंले प्रतीक गान्धीलाई ‘स्क्याम १९९२’ मा देख्नुभएको होला । उनले हर्षद मेहताको शक्तिशाली पात्र चित्रण गरे । यसपटक भने उनी फरक भूमिकामा छन् । एक परिवार मान्छे जो एक फायर फाइटर पनि हो । ऊ निडर र साहसी पात्र हो । तर उनको जीवनमा आँधी आउँछ । यसबारे शुक्रबारदेखि प्राइम भिडियोमा रिलिज भएको फिल्म ‘अग्नि’ले बताउँछ ।
आमरण
मेजर मुकुन्द वरदराजन, जो भारतीय सेनामा छन् । उनका लागि देशको रक्षा गर्नु सबैभन्दा ठूलो धर्म हो । यो फिल्मले वर्ष २०१४ मा कश्मीरको शोपियानमा चलेको काजी पथरी अपरेशन नामक आतंकवादविरोधी अभियानलाई चित्रण गर्छ । यसमा शिवकार्तिकेयन, साई पल्लवी र राहुल बोस लगायतका धेरै कलाकार देखिएका छन् । यो फिल्म बिहीबारदेखि नेटफ्ल्क्सिमा रिलिज भएको छ ।
मोहरे
यसमा जावेद जाफरीले ग्याङ्स्टर बोस्कोको भूमिका निर्वाह गरेका छन् । अपराध रोक्न प्रहरीले उनको नेतृत्वमा विशेष टोली बनाएको छ । तर टिममा गद्दार मानिस पनि छन् । मोहरे ६ डिसेम्बरमा अमेजन एमएक्स प्लेयरमा रिलिज हुँदैछ ।
ज्याक इन टाइम फर क्रिसमस
‘ज्याक इन द टाइम फर क्रिसमस’मा ज्याक व्हाइटहलको फेस्टिभलको माहोल छ । होलिडे एड्भेन्चर र उथलपुथलले भरिएको यो कथा हो । क्रिसमसको चार दिन अघि ज्याक अमेरिकामा फसेको छ । ऊ आफ्ना नजिकका साथीहरूसँग क्रिसमस मनाउन बेलायत जानुपर्छ, तर ऊसँग धेरै चुनौती छन् । यो फिल्म प्राइम भिडियोमा ३ डिसेम्बरमा रिलिज भएको छ ।
चर्चिल एट वार
‘चर्चिल एट वार’ चार भागको वृत्तचित्र हो । दोस्रो विश्वयुद्धको समयमा विन्स्टन चर्चिलको नेतृत्वमा के भयो भनेर तपाईंले नजिकबाट जान्नको लागि मौका पाउनुहुनेछ । यो डकुमेन्ट्री नेटफ्लिक्समा ४ डिसेम्बरमा रिलिज भएको छ ।
स्माइल २
यदि तपाईं हरर फिल्म हेर्न डराउनुहुन्छ भने ‘स्माइल २’ नहेर्नुहोस् । तर यो डरलाग्दो फिल्म मन पराउनेका लागि कुनै ट्रीटभन्दा कम होइन । एक केटी जसले केही फरक अनौठो र डरलाग्दो देख्छे । आखिर यसको पछाडि के कारण छ, त्यो ‘स्माइल २’ हेरेपछि थाहा हुनेछ । यो २०२२ को हिट फिल्मको सिक्वेल हो । गत महिना हलमा समेत आइसकेको यो हलिउड फिल्म ४ डिसेम्बरमा नेट्फ्लिक्समा रिलिज भएको छ ।
ब्ल्याक डोभ्स
‘ब्ल्याक डोभ्स’ जासुसी कथा हो । केइरा नाइटलीले यस कार्यक्रममा हेलेन वेबको भूमिका निर्वाह गरेकी छन् । उनी एक गोप्य जासूस हुन् जसले दोहोरो जीवन बिताउँछिन् । उनी राति गोप्य मिसनमा जान्छिन् र दिनमा आमाको भूमिका चित्रण गरेकी छन् । मिसनको क्रममा आफूलाई खतरनाक परिस्थितिमा पाउँछिन् । त्यसपछि उनलाई के हुन्छ जान्न यो श्रृंखला हेर्न सकिन्छ । यो श्रृंखला डिसेम्बर ५ मा नेटफ्लिक्समा रिलिज भएको छ ।
म्यारी
यो फिल्म साँच्चिकै मर्मस्पर्शी छ । यसको कथा आमाबाबु र बच्चाको बलिदानको बारेमा हो । यो फिल्म ६ डिसेम्बरमा नेटफ्लिक्समा रिलिज भएको छ ।
द स्टिकी
यो एक डार्क कमेडी श्रृंखला हो । यो सन् २०१२ को ग्रेट क्यानेडियन मेपल सिरप हेइस्टद्वारा प्रेरित छ । कथा सस्पेन्सले भरिएको छ जसले तपाईंलाई आफ्नो सिटमा बाँधिराख्नेछ ।
प्रतिक्रिया 4