+
+

फ्रान्सले छोटो दूरीको हवाई यात्रामा लगायो रोक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १४:१७

­­­­११ जेठ, काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ ।

जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् ।

कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ दूरीको यात्रामा प्रतिबन्ध लगाउने कानुन २ वर्षपछि कार्यान्वयन भएको हो ।

फ्रान्सका परिवहन मन्त्री क्लेमेन्ट ब्यूनले कार्वन उत्सर्जन कम गर्नका लागि यो जरुरी र महत्वपूर्ण कदम रहेको बताए ।

‘हामी हाम्रो जीवनमा कार्वनको उपयोग कम गर्न चाहन्छौं भने छोटो दूरीको हवाइ यात्रा ठीक होइन,’ उनले भने, ‘ यो प्रतिबन्धको उद्देश्य भनेको निजी जेटको उडान रोक्नु हो ।’

ब्यूनले हवाइ उडानमा प्रतिबन्ध भएका रुटमा यात्रुले चाहेका समयमा सार्वजनिक रेल वा बस पाउने गरी व्यवस्था मिलाइने पनि बताए ।

वायु प्रदूषणबारे भएको एक अध्ययन प्रतिवेदन अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेट विमानले १४ गुणा बढी प्रदूषण फैलाउँछन्, जबकी रेलको तुलनामा व्यावसायिक उडान भर्ने जहाजले ७७ गुणा बढी । पर्यावरणका लागि रेलको तुलनामा निजी जेट ५० गुणा ज्यादा खतरनाक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?