+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रपति एर्डोगानविरुद्ध टर्कीका विपक्षी नेताको मुद्दा, ५० हजार डलर माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते २१:४५

इस्तानबुल । राष्ट्रपति रेसेप तैयप एर्डोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभियानको भिडियो प्रसारण गरेको भन्दै उनीविरुद्ध ५० हजार डलरको मुद्दा दायर गरेका छन् ।

धर्म निरपेक्षता पक्षपाती विपक्षी नेता केमाल किलिचदारोग्लुका वकिल सेलाल सेलिकले बिहीबार भनेका छन्, ‘हामीले नक्कली भिडियोको जवाफ दिन यो मुद्दा दायर गरेका छौँ ।’

किलिचदारोग्लु मे १४ मा पहिलो राउण्डको चुनावी दौडमा एर्डोगानभन्दा झन्डै पाँच अङ्कले पछि परेका थिए ।

आइतबार टर्कीको राष्ट्रपति चुनावको दोस्रो चरण प्रवेश गरेको छ ।

किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए ।

तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो ।

उनले एडोर्गानले बारम्बार आफ्नो जुलुसमा एक भिडियो प्रसारण गर्ने गरेका छन् । जसले किलिचदारोग्लुलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सैन्य कमाण्डरसँग अनुचितरूपमा जोड्ने प्रयास गरेको उनको दाबी छ ।

दशौँ हजारको ज्यान लिने दशक लामो विद्रोहका लागि टर्की र यसका पश्चिमी सहयोगीहरूले पीकेकेलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेका छन् ।

किलिचदारोग्लुका वकिलले एडोर्गानलाई ‘नैतिक मान्यता’ तोडेको आरोप लगाउँदै झूटो भिडियो सम्प्रेषण गरेको भन्दै ‘राष्ट्रपतिको सिटमा बसेको व्यक्ति कसरी बेइमान हुन सक्छ ?’ भनेर प्रश्न गरेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?