+
+
Shares

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतको घर पूर्णबहादुरलाई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते ९:१३

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् ।

१२ जेठ शुक्रबार, इसेवा मनी ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले डिजिटल गोलाप्रथामा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन् ।

विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भएका हुन् । श्रेष्ठले यूएईबाट इसेवा मनी ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्स्फरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे। ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनी ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहान्छु,’ उनले भने, ‘आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनीय बनाउन निरन्तर लागि रहनेछौं ।’

इसेवा मनी ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको जनाएको छ ।

डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।

७ असोजदेखि ६ जेठसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएको कम्पनीले जनाएको छ । कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो ।

सोमबार बम्पर उपहार घोषणण कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतको ‘वीन योर ड्रिम हाउस’ सफलता पूर्वक सम्पन्न भएको बताए।

‘हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौं, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रहृयो,’ उनले भने, ‘आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा गराका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?