+
+

जलवायु परिवर्तन : के हवाइयात्रा बन्द गर्ने बेला आएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १६:२२

१३ जेठ, काठमाडौं । केही दशकयता जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी मुद्दा बनिरहनुका साथै सर्वाधिक चासो र चिन्ताको विषय समेत बनेको छ । जलवायु परिवर्तन, विश्व उष्णिकरण तथा यसले निम्त्याएको चुनौती र क्षतिको विषयमा चर्चा भैरहन्छ ।

कार्बन उत्सर्जन बढिरहेको कारणले गर्दा विश्वको तापमान तीव्र गतिमा बढिरहेको छ । वैज्ञानिकहरुका अनुसार विश्वमा छैटौँ महाविनाश यहीँ हानिकारक ग्यासले गर्दा नै हुनेछ । हुनत जलवायु परिवर्तनको भयानकता बढ्दै जाँदा विश्व समुदाय चुपचाप बसेको भने छैन । कार्बन उत्सर्जन न्यूकिरण तथा जलवायु परिवर्तन अनुकूलन लगायतका विषयमा विभिन्न प्रयास भइरहेका छन् र यो मामिलामा युरोपेली मुलुकहरु अन्य विकसित मुलुकहरु भन्दा जिम्मेवार तथा गम्भीर देखिन्छन् ।

तथ्यांक अनुसार विश्वमा हरेक वर्ष उत्सर्जन हुने कूल कार्वनडाई अक्साइडको ठूलो हिस्सा हवाईजहाजबाट निस्किने गरेको छ । त्यसैले हवाइजहाजबाट हुने प्रदुषणमाथि नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेका हुन्छन् । एउटा बसले एक घण्टामा गर्ने प्रदुषणको तुलनामा एउटा जहाजले १ घण्टामा त्यसको एक सय गुणा धेरै प्रदुषण गर्ने विज्ञहरु बताउँछन् ।

यद्यपि क्षणभरमै एक ठाउँबाट अर्को ठाउँमा पूराउने हवाइयात्राबाट जम्माजम्मी कति कार्वन उत्सर्जन भइरहेको छ भन्ने एकीकृत डेटा भने छैन । विभिन्न अध्ययन अनुसार यदि विश्वको उड्ययन क्षेत्रलाई एउटा देश मान्ने हो भने यो सर्वाधिक कार्बन उत्सर्जन गर्ने दुनियाँको छैटौँ देश हुनेछ । अमेरिका, चीन, रुस, जापान र भारत भन्दा पछाडि धेरै उत्सर्जन गर्नेमा विश्वको उड्ययन क्षेत्र रहेको छ ।

हवाइ उडानले गरिरहेको कार्वन उत्सर्जनको यहीँ गाम्भीर्यलाई हृदयंगम गर्दै हालै युरोपेली मुलुक फ्रान्सले छोटो दूरीको हवाई उडान बन्द गर्ने निकै महत्वपूर्ण तथा दूरगामी प्रभाव पार्ने निर्णय गरेको छ ।

शिशु मृत्युको प्रमुख कारण

विज्ञहरुका अुनसार विश्वमा हरेक वर्ष हुने १६ हजार भन्दा धेरै शिशुको मृत्युको मुख्य कारण हवाईजहाज नै हुन् । इन्ष्टिच्यूट अफ फिजिक्स पब्लिसिङ (IOP Science) को तथ्यांक अनुसार हवाइ उडानको प्रदुषणका कारण हुने मृत्युको संख्या अझै धेरै हुनसक्छ । वास्तवमा प्रदुषण र सानै उमेरमा शिशुको मृत्युबीच सिधा सम्बन्ध छ ।

इन्टरनेसनल इनर्जी एजेन्सीका अध्ययन अनुसार विश्वमा हुने कूल वार्षिक कार्वन उत्सर्जनको करीब १० प्रतिशत हिस्सा यात्राहरुबाट हुने उत्सर्जनले ओगटेको छ । त्यसमध्ये ४ प्रतिशत चाहीँ हवाई यात्राको भागमा पर्छ । उदाहरणका लागि तपाईंको लण्डनबाट न्युयोर्कसम्मको हवाइ यात्राका क्रममा जति कार्बन उत्सर्जन हुन्छ त्यसलाई सोस्नका लागि एक एक्कड जमिनमा फैलिएको घना जंगललाई एक वर्ष लाग्दछ ।

कुन देशमा कति हुन्छ हवाइ यात्रा ?

स्टाटिस्टा रिचर्स डिपार्टमेन्टका अुनसार सन् २०२१ मा विश्वमा अमेरिकीहरुले सबैभन्दा धेरै हवाई यात्रा गरे । अमेरिकामा सो वर्ष ६५ करोड आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ उडान भए । अमेरिकापछि धेरै हवाइ उडान हुनेमा चीन दोस्रो तथा युरोपेली युनियन तेश्रो नम्बरमा रहेको छ । सबैभन्दा चिन्ताको कुरा त के भने यी सबै यात्रुहरु केवल ३ प्रतिशत छन् जसले आफ्नो सुविधाका लागि विश्वमा कार्बन उत्सर्जन बढाइरहेका छन् ।

हवाइ यात्रा कम गर्नमा स्वीडेन सबैभन्दा अगाडि

हवाइयात्रा कम गर्नका लागि विभिन्न देशले प्रयास गरिरहेका छन् । स्वीडेन यस मार्गमा सबैभन्दा अगाडि छ । सन् २०१८ को अन्त्यमा स्वीडेनमा एउटा शव्द निकै चर्चित भयो flygskam । स्वीडिस भाषामा यसको अर्थ फ्लाइट सेमिङ अर्थात् हवाइ जहाजमा यात्रा गर्न लाज मान्नुपर्छ भन्ने हुन्छ । त्यहाँ छोटो दूरीमा पनि हवाइ यात्रा गर्ने मानिसहरुलाई लज्जित बनाउन तथा हवाइ यात्राको विकल्प खोज्न प्रेरित गर्नका लागि विभिन्न कार्यक्रम पनि गरियो ।

फलस्वरुप स्वयं एयरलाइन्सहरुले नै यात्रुहरुलाई कुनै स्थानबाट अर्को स्थानसम्म यात्रा गर्नका लागि जहाजको अतिरिक्त अन्य कुन कुन विकल्प छन् ? भनेर जानकारी दिन थाले । उक्त अभियानको प्रभावकै कारण स्विडेनमा घरेलु हवाइ यात्रु मात्र होइन अन्तराष्ट्रिय हवाइ यात्रुको संख्यामा पनि उल्लेख्य कमी आयो ।

त्यसपछि युरोपका विभिन्न साना ठूला देशहरुले यस्तो पहलको सिको गर्न थाले । र, फ्रान्सले अहिले यसमा बाजी मारेको छ । फ्रान्सले प्रदुुषण कम गर्ने कुरा केवल नागरिकहरुको हातमा नछाडि छोटो दूरीका हवाइ उडान नै बन्द गर्ने निर्णय गरेर महत्वपूर्ण पहलकदमी लिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?