+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

ओलीलाई विश्वप्रकाशको जवाफ : फैसला सुनाउन हामी न्यायाधीश होइनौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १७:४२

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा भएको छलफलमा महामन्त्री शर्माले को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए । एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भनेका थिए । यसमा आफ्नो विमति रहेको भदै महामन्त्री शर्माले भने, ‘यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं ।’

उनले अगाडि भने, ‘अमुक कोही निर्दोष हुनुहुन्छ, उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्तिमा विमति जनाउन चाहन्छु ।’

कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको भएपनि को निर्दोष को दोषी नभनेको महामन्त्री शर्माले बताए ।

अहिले आवेगले चल्ने नभई सरकारलाई साथ दिने समय भएको उनले बताए । शर्माले अगाडि, ‘भ्रष्टाचारको फाइल खोलेको बेला बधाइ छ सरकार भन्ने समय हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होइन ।’

उनले २००७ सालदेखिकै फाइल खोलेर दोषीलाई करबाही गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस महामन्त्री शर्माले भने, ‘अमुक फाइल खोल्यो भने अमुक दलको अध्यक्षलाई तान्न सकिएला, अमुक फाइल खोल्यो भने चाहिँ अर्को पार्टीको अध्यक्षलाई तान्न सकिएला भन्ने मनोविज्ञानले होइन । जिम्मेवार ढंगले ००७ देखिकै फाइल खोलौं र कारबाहीमा कुनै मोलाहिजा नगरौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?