+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

खाने तेल नेपालतर्फ तस्करी भइरहेको छ : वाणिज्य विभाग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १५:०३

१४ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा खाने तेल तस्करी भएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै कुन देशबाट तेल तस्करी भएको हो भन्ने नखुलाई तस्करीको तेल भएको र यस्ता कार्यलाई प्रोत्साहन नर्गन उद्योगी व्यवपारीहरुलाई आग्रह गरेको हो ।

विभागले खाने तेलको अवैध रुपमा आयात गरी कारोबार गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघको उजुरीका आधारमा मातहतका निकायमा तस्करी रोक्न पत्राचार भएको विभागले जनाएको छ ।

‘इजाजत नलिई गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याइ तराईका बजारहरुमा बिक्री वितरण भइरहेकोले नेपाली उद्योगहरु बन्द हुने स्थितिमा पुगेको भनी नेपाल चामल, तेल, दाल उद्योग संघको पत्र आएको हुँदा सम्बन्धित निकायलाई निगरानीको लागि लेखी पठाइसकिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

त्यसरी भित्र्याइएको तेल कतै सञ्चित भेटिएमा वा थोक तथा खुद्रा बिक्री वितरण गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?