१४ जेठ, काठमाडौं। करिब २ करोड पर्ने रक्तचन्दनको तेलसहित अवैध कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौको चाबहिल बस्ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर-१५ घर भई हाल कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखुतामाकोशी गाउँपालिका-२ घर भई हाल काँडाघारी बस्ने २५ वर्षीय नविन दाहाल रहेका छन् ।
यस्तै रामेछापकै लिखुतामाकोशी गाउँपालिका-२ घर भई हाल चाबहिल सरस्वतीनगर बस्ने ३९ वर्षीय गोकर्णहरि दाहाल, बाँकेको कोहलपुर नगरपालिका-११ घर भई हाल चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई हाल जडिबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाएँपालिका-६ घर भई हाल महाकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
प्रतिक्रिया 4