+
+

जनताका लागि खुल्यो पोखराको रत्न मन्दिर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते ११:२०

१५ जेठ, पोखरा । पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्न मन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल किनारमा रहेको रत्न मन्दिर खुला गरेका हुन् ।

रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।

गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।

आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । मुख्य राजदरबारमा फोटो खिच्न बन्देज लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?