+
+

१० खर्ब डलरको सिक्का : जसले अमेरिकालाई टाट पल्टिनबाट जोगाउनेछ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १३:२६

अमेरिकालाई कर्जा संकटबाट जोगाउनका लागि रिपब्लिकन तथा डेमोक्रेटसँग भएको समय तीव्ररुपमा घर्किँदैछ ।

कर्जा सीमालाई बढाउने विषयमा जुन महिनाभन्दा अगाडि सहमति भएन भने अमेरिका टाट पल्टिनेछ । अनि अमेरिका संसारकै अर्थव्यवस्थाको धुरी भएका कारण त्यसको असर विश्वकै अर्थतन्त्रमाथि पर्नेछ ।

पछिल्ला दिनहरुमा ह्वाइट हाउस तथा कंग्रेसमा रिपब्लिकनहरुले रिपब्लिकनहरुले छलफल सकारात्मक दिशामा गइरहेको संकेत गरेका छन् । तर फेरि पनि मानिसहरुमा बेचैनी कायमै छ ।

यस्तो अवस्था विद्यमान रहँदा कतिपय विद्वान तथा विश्लेषकहरुले अन्तिम उपायका रुपमा १० खर्ब अमेरिकी डलर मूल्य पर्ने प्लाटिनमको सिक्काको चर्चा गर्न थालेका छन् जसले अमेरिकालाई टाट पल्टिनबाट बताउन सक्दछ ।

सन् १९९७ मा लागू भएको एक कानून अनुसार अमेरिकाका अर्थमन्त्रीलाई कुनै पनि कारणले जुनसुकै मूल्यको प्लाटिनम सिक्का छाप्ने अधिकार छ ।

जो मानिसहरू प्लाटिनमको सिक्का छाप्ने कुराको वकालत गरिरहेका छन् उनीरुको तर्क के छ भने यदि कंग्रेसमा कर्जा सीमा बढाउने सहमति बन्न सकेन भने अमेरिकी सरकारले यो सिक्काबाटै आफ्नो खर्च बहन गर्न सक्नेछ र टाट पल्टिनबाट बच्न सक्दछ ।

यदि बाइडेन प्रशासनले यस्तो निर्णय गरेमा सिक्का छाप्ने सरकारी टक्सार कार्यालयले १० खर्ब डलरको सिक्का छपाइ गर्नेछ ।

कसरी जारी हुन्छ यो सिक्का ?्

हुनत अमेरिकी कर्जा सीमालाई बढाउनका लागि यसलाई हालसम्म कहिल्यै पनि कुनै समाधानको रुपमा उपयोग गरिएको छैन । तथापि अमेरिकी अर्थमन्त्रीले यस्तो विशेष संस्करणको सिक्का जारी गर्ने अधिकार राख्दछन् जसलाई मानिसहरुले खरिद गर्न सक्दछन् ।

यदि १० खर्ब डलरको प्लाटिनमको एउटा सिक्का छपाइ गर्ने निर्णय लिइयो भने के हुन्छ ?
अमेरिकी टक्सारका पूर्व प्रमुख फिलिप डिएल भन्छन्- टक्सारले केवल सिक्कामा १० खर्ब डलर लेखेर केन्द्रीय बैंक, फेडेरल रिजर्भमा पठाउनु पर्दछ ।

आम मानिसको कल्पना के हुनसक्छ भने द्यश खर्ब डलरको सिक्का सायद निकै भारी भरकम हुनुपर्छ । तर वास्तवमा यो २५ सेन्टको सिक्का जत्रै हुनेछ ।

यहाँसम्म कि उक्त सिक्कामा १० खर्बमा जतिवटा शून्य हुन्छन् त्यो पनि लेख्ने आवश्यकता छैन र केवल एक ट्रिलियन डलर लेखे पुग्नेछ ।

जब लेखेकै आधारमा एउटा मामूली सिक्कालाई द्यश खर्ब डलरको बनाउन सकिन्छ भने त्यो प्लाटिनम सिक्का आखिर के हो ?

वास्तवमा अमेरिकी कानुन अनुसार ५० डलरभन्दा धेरै मूल्यका सिक्का छाप्नका लागि प्लाटिनम धातुको प्रयोग अनिवार्य गरिएको छ ।

१० खर्ब डलरको सिक्का तयार गर्ने अवधारणा प्रदान गर्ने विलमेट युनिभर्सिटीका प्राध्यापक रोहन ग्रे भन्छन्-यदि तपाईंलाई टाट पल्टिने वा मुद्रा छाप्नेमध्ये कुुनै एउटा कुरा छनोट गर्न दिइयो भने के गर्नुहुन्छ ? सरकारले टाट पल्टिने अनुमति दिन न सक्दैन ।

कसरी आयो आइडिया ?

वास्तवमा टाट पल्टिनबाट बँच्नका लागि द्यश खर्ब डलरको सिक्का जारी गर्ने अवधारणा पहिलोपटक सन् २०१० मा एटलान्टामा बस्ने एकजना अधिवक्ता कार्लोस मूचाले आफ्नो एउटा ब्लग पोष्टमा सार्वजनिक गरेका थिए ।

सन् १९९७ को मुद्रा ऐन अनुसार प्लाटिनमको सिक्का छाप्ने अनुमति छ भन्ने कुरा उनलाई थाहा भयो ।

मूचाले लेखेका थिए- रोचक छ कि कंग्रेसले पहिले नै अर्थ मन्त्रालयलाई १० खर्ब डलरको सिक्का छाप्ने अधिकार दिइसकेको छ ।

आफ्नो त्यो ब्लगपोस्टको कुरा ह्वाइट हाउस तथा क्यापिटल हिलसम्मै चर्चाको विषय बन्न होला भन्ने उनले कल्पना पनि गरेका थिएनन् ।

तर ब्लग लेखेको केही दिनपछि नै टक्सारका पूर्व निर्देशक फिल डिएलले एउटा इमेल पठाए । जसमा उनले मूचाको उक्त आइडियाले वास्तवमै काम गर्नसक्ने उल्लेख गरिएको थियो ।
त्यसपछि यो कुरा भाइरल बन्यो र ब्लगका समर्थकहरुको संख्या बढ्दै गयो । तथापि सन् २०११ सम्ममा यो सार्वजनिक बहसको मुद्दा बनेन, जबसम्म बाराक ओबामाको पहिलो कार्यकालमा कर्जासंकट आएको थिएन ।

त्यसबेला ७ हजार जना मानिसहरुको हस्ताक्षर भएको एउटा पत्र प्रकाशित गरिएको थियो । जसमा नोबेल पुरस्कार विजेता पल क्रुगम्यान लगायतका ठूला ठूला अर्थशास्त्री तथा स्वयंम फिलिप डिएलले पनि समर्थन गरेका थिए ।

त्यस्तै ट्वीटरमा #MintTheCoin ह्यासट्यागको अभियान नै चल्यो । तर त्यसबेला राजनीतिक संकट हल भएसँगै यो कुरा त्यत्तिकै सेलायो ।

अमेरिकामा कर्जा सीमा बढाउने विषयमा अहिले जुन संकट चलिरहेको छ त्यसमा बाइडेन सरकारले यस्तो खालका कुनै पनि विकल्पमा सोंच्ने कुरा स्वीकार गरेको छ ।

अर्थमन्त्री जेनेट एलेनले केही दिनअघि भनेका छन्- मेरो विचारमा यस्तो गर्नु (प्लाटिनमको सिक्का छाप्नु) एक धोका हुनेछ ।

कतिपय विज्ञहरुको तर्क के छ भने द्यश खर्ब डलरको सिक्का जारी गर्ने प्रस्तावले रिपब्लिकनसँगको वार्तामा डेमोक्रेटहरुलाई थप एउटा नयाँ मुस्किल सिर्जना हुनेछ ।

कजा सीमा बढाउने बाइडेनको आह्वानमा रिपब्लिकनहरु सहमत भैरहेका छैनन् । सार्वजनिक खर्च कटौती गर्नुपर्ने उनीहरुकेा माग छ ।

यदि आगामी जून १ तारेखसम्म दुई पार्टीबीच यो विषयमा सहमति हुन सकेन भने अमेरिका आफ्नो कर्जा भुक्तान गर्नमा असफल हुनेछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?