+
+

रास्वपा सांसद विन्दवासिनी कंसाकारले आज शपथ लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १४:१६

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछिन् ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार दिउँसो ३ बजे कंसाकारलाई शपथ गराउने तयारी छ ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?