
१५ जेठ, काठमाडौं । सरकारले बजेट प्रणालीमा सुधारका लागि दर्जनौं घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवबाट मन्त्रालयगत बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन मसान्त भित्रै प्रस्तुत गर्ने नीति लिइने बताए ।
स्रोत साधन छर्ने प्रवृत्ति निरुत्साहित गर्ने, विस्तृत सम्भाब्यता अध्ययनसहित पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा समावेश गरिने उनले बताए ।
पूर्वतयारीका काम सम्पन्न गरी खरीद योजना भएका आयोजना मात्र ठेक्का सम्भौता गरिने उनले बताए । कार्यक्रम कार्ययोजना असार मसान्त भित्रै सम्पन्न गर्नुपर्ने समेत अर्थमन्त्रीले बताए ।
नियमित अनुगमन गर्ने भन्दै उनले कार्यक्रम कार्यान्वयन गर्ने साउन मसान्त भित्र कार्ययोजना लागु गर्ने नीति पनि सरकारले लिने भएको छ । काात्तिक भित्र ठेक्का नलगाए बजेट रोक्का गरिने उनले बताए ।
वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा यकिन गर्ने काम एकै पटक सम्पन्न गर्ने र प्रतिवेदन ३० दिन भित्र निर्णय लिनु पर्ने गरी नीति लिइएको छ ।
कटान गर्ने रुखको १० प्रतिशतसम्म फरक परे पुरक मूल्यांकन गर्नु नपर्ने भएको छ । वन विकास कोषमा रकम जम्मा गर्ने कानूनी व्यवस्था खारेज भएको छ ।
प्रतिक्रिया 4