+
+

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:३१

१५ जेठ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।

सरकारले नयाँ बजेट मार्फत् त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

यस्तै विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको शुवर्ण शमशेर रंगशाला निमार्ण कार्य अगाडी बढाउन बजेट विनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए ।

निमार्णधीन पोखरा, धनगढी, इटहरी र नेपालगञ्जको प्रदेश रंगशाला र कर्भड निमार्णकोसम्पन्न गर्न बजेट व्यवस्था गरेको मन्त्री महतले बताए ।

सार्वजनिक निजी साझेदारीमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टरका साथै र र्‍याफ्टिङ, प्याराग्लाइडिङ,क्यानोइङ, रक क्लाइमबिङ र अल्ट्राम्यारथन लगातयका साहसिक खेलकुद पूर्वाधार निर्माण गरिने सकारको घोषण छ ।

खेलकुद पर्याटनलाई प्रवद्र्धन गरिनेछ भने खेलकुद पूर्वाधार निर्माण व्यवस्थापन र प्रतियोगिता गराउन निजी क्षेत्रलाई प्रोत्साहित गराइनेछ ।

१९ औं एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र १० औं राष्ट्रिय खेलकुदका तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण गर्न बजेट विनियोजन गरेको मन्त्री महतले बताए ।

अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गरिनेछ । युवाहरुलाई अनुशासित र स्वस्थ बनाउन मार्सल आर्ट खेललाई समुदायस्तरसम्म बनाउन प्रोत्साहित गरिनेछ ।

नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ, नेपाल क्रिकेट संघ लगायतका विभिन्न खेल संघको क्षमता विकास गरि खेलकुद प्रतियोगिता गर्न प्रोत्साहित गरिनेछ । स्थानीय स्तरमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गर्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?