+
+

पहिचान पक्षधरलाई वार्तामा आउन कोशीका मुख्यमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:५०

१५ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम प्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका छन् ।

१६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्वादका लागि आग्रह गरेका हुन् ।

‘संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगमी निर्वाचन मार्फत कानून र संबैधानिक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु’, उनले भने, ‘तपाईंहरुलाई आफ्ना हिंसात्मक गतिविधिहरु छाडेर सरकारसँग सम्बाद र छलफल गर्न आह्वान गर्दछु । हामी सम्बाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं ।’

आइतबार प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन सरकार समक्ष माग गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा आइतबार प्रदेशभा भवन अगाडि प्रदर्शनकारी र प्रहरीबीच दिनभर झडप भएको थियो ।

ठूला समस्या पनि वार्ताका माध्ययमबाट सामधान भएको बताउँदै मुख्यमन्त्री कार्कीले वार्तामा आउन आग्रह गरेका हुन् । पहिलो प्रदेशसभा बैठकले नाम राख्न नसकेको बताउँदै उनले दोस्रो प्रदेशसभाबाट नाम राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?