+
+

भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री शक्ति बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १२:२७
पूर्वाधार समितिको बैठक ।

१६ जेठ, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् ।

संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’

बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?