
१६ जेठ, काठमाडौं । एनकोतो मासोबीको दुई गोलको मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले पराजित गर्दै जाउलाखेल युथ क्लब शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा लेसोथोका खेलाडी मासोबीले दोस्रो हाफमा दुई गोल गरेपछि जाउलाखेलले ३ अंक जोडेको हो । मासोबीले खेलको ५५ औं र ७८ औं मिनेटमा गोल गरे ।
जितपछि जाउलखेलले पाँच खेलको जितविहीन यात्रालाई टुङ्ग्यएको छ । १७औं चरणमा फ्रेण्ड्सलाई ४-१ ले हराएपछि जाउलाखेलले लगातार चार खेल बराबरी खेलेको थियो भने पछिल्लो खेलमा एपीएफसँग पराजित भएको थियो ।
जितपछि २३ खेलबाट ३७ अंक जोड्दै मच्छिन्द्रलाई पछि पारेको जाउलाखेल दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको चर्च ब्वाइज क्लबसँग जाउलाखेलले अंकदूरी एकमा झारेको छ । चर्च ब्वाइजले मंगलबारै साँझ एपीएफसँग खेल्दैछ । पराजित आर्मीको २३ खेलबाट २९ अंक छ र पाँचौ स्थानमै यथावत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4