+
+

ब्रिटिस कलेजका ५ विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १७:४२

काठमाडौं । द ब्रिटिस कलेजका ५ जना विद्यार्थीहरू आईएस्टीले प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने भएका छन् । यस यात्रामा विद्यार्थीहरुले विभिन्न अवसरहरूमा भाग लिनेछन् । ८ देखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफूलाई अब्बल सावित गर्दै ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरु छनोट भएको कलेजले जनाएको छ ।

अनमोल कार्की (बीएससी आईटी लेभल ६) थाइल्याण्डको थामसार्ट विश्वविद्यालयमा सूचना प्रविधि र औद्योगिक इन्जिनियरिङमा काम गर्न जानेछन् भने बाँकी चारजना विद्यार्थी जर्मनी जानेछन् ।

कलेजका अनुसार योगेश श्रेष्ठ (एमएस्सी आईटी, लेभल ७) मेकाट्रोनिक्स, रोबोटिक्स र अटोमेसन इन्जिनियरिङमा काम गर्न एप्लाइड साइन्स इन्जिनियरिङ विश्वविद्यालयमा जानेछन् । गरिमा ढकाल (बीएससी आईटी लेभल ६) कम्प्युटर प्रोग्रामिङ इन्टर्नसीपका लागि बुन्डेसन्स्टल्ट फर मटेरियल फोर्सचुङ अण्ड प्रुफङ (बीएएम) मा जानेछिन् ।

त्यस्तै प्रिया दङ्गल (बीबीए, लेभल ६) लजिस्टिक, मटेरियल र सप्लाई चेन म्यानेजमेन्टमा काम गर्न मर्सेबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, मर्सेबर्ग, जर्मनी जानेछिन् ।

त्यस्तै अवंतिका नेपाल (बीएससी आईटी लेभल ६) फ्रेडरिक शिलर विश्वविद्यालयको यात्रा गर्नेछिन् । जहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर विज्ञान कार्यक्रममा भाग लिनेछिन् ।

अन्तर्राष्ट्रिय इन्टर्नसीपमा आफ्ना विद्यार्थी छनोट भएकोमा कलेजले विशेष कार्यक्रमको आयोजना समेत गरेको थियो । छनोट भएका विद्यार्थीहरुमा थप उत्साह प्रदान गर्न कार्यक्रम आयोजना गरिएको कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले जानकारी दिए ।

मण्डलले भने, ‘यो एक अविश्वसनीय पहल हो र कलेजमा अन्तर्राष्ट्रिय अवसरहरूको सुरुवात मात्र हो । यस्ता धेरै अवसरहरु आउनै बाँकी रहेका छन् । हालैमात्र टीबीसीमा अध्ययन गरेका तीन जना विद्यार्थीहरुले दुबईको प्रतिष्ठित कम्पनीमा रोजगारी प्राप्त गरे । उनीहरुको उज्वल भविष्यको कामना गर्दर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?