+
+

सनराइज बैंकद्वारा वीरेन्द्रनगरका किसानलाई दुग्ध उत्पादनसम्बन्धी तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:२१

काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा दुग्ध उत्पादनसम्बन्धी सीपमुलक तालिम सञ्चालन गरेको छ । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम किसानहरुलाई प्रदान गरिएको बैंकले जनाएको छ ।

तालिमले किसानहरुको आम्दानी वृद्धि गर्नमा मद्दत पुग्ने विश्वास बैंकको छ । तालिममा सहभागीहरूलाई वित्तीय साक्षात्कार सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो । ५ दिने तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले सहजीकरण गरेका थिए ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्य रहेको बैंकको भनाइ छ ।

सीपमूलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?