+
+

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सिप्रदीयन सहायता संस्थाको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १२:५२

काठमडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेतालाई सम्मान गरेको छ । सम्मानित हुनेमा कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवर रहेका छन् । उक्त म्याथानमा रावत महिलातर्फ प्रथम र कुँवर पुरुषतर्फ दोस्रो भएका थिए ।

सम्मान स्वरुप रावतलाई ७५ हजार र कुँवरलाई ५० हजार रुपैयाँ प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थापालियाले रावत र कुँवरलाई नगद स्वरुप सम्मान गरेका हुन् ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता वृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आवद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ ।

अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरी प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?