+
+

सुरक्षाले दुई पटक अस्वीकार गरेकी थिइन् कान्स जितेको फिल्म ‘द एट्थ माउन्टेन’को प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १३:०२

काठमाडौं । पहिलोपटक गत साता कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा हिंडेर सुरक्षा पन्तले नेपालमा चर्चा बटुलिन् । हुन पनि हो, नेपाली अभिनेत्रीको रुपमा उनले पहिलोपटक कान्स रेडकार्पेट र प्रिमियरमा सहभागिता जनाइन् । एक वर्षपछि उनै सुरक्षाले राजधानीमा कान्स अनुभव बाँडेकी छन् ।

उनलाई कान्समा सहभागी हुन मौका दिलाउने इटालेली फिल्म ‘द एट्थ माउन्टेन’को बुधबार काठमाडौंमा स्क्रिनिङ गरिएको थियो । मार्टिन चौतारीमा आयोजित फिल्मको प्रदर्शनपछिको अन्तरक्रियामा सुरक्षाले उक्त फिल्म र कान्ससँग जोडिएका रमाइला किस्सा सेयर गरिन् ।

कान्समा जुरी अवार्ड जित्न सफल उक्त फिल्म झण्डै छाडेको किस्सा उनले सुनाइन् । दुई-दुई पटक भ्याउँदिन भनेर अस्वीकार गरेको प्रसंग उनले सुनाइन् । चलचित्र समीक्षक समाजले आयोजना गरेको अन्तरक्रियामा उनले उक्त फिल्मसँग आफू कसरी जोडिएँ भन्ने अनुभव पनि बाँडिन् ।

उनी भन्छिन्, ‘जतिबेला यो फिल्मको अफर आयो त्यतिबेला म बहाव भन्ने सिनेमा गरिरहेकी थिएँ । अभिनेत्री शान्ति गिरीले मलाई यो फिल्मको अडिसनमा सामेल हुन भन्नु भएको थियो । तर मैले सुटिङ गरिरहेकाले भ्याउँदिन भन्ने जवाफ दिएकी थिएँ । मेरो कुरा सुनेर उहाँले हप्काउनु भएको थियो ।’

अभिनेत्री गिरीबाट उक्त फिल्मको महत्व थाहा पाएपछि आफू अडिसनमा सहभागी भएको र लामो प्रक्रियाबाट छनोट भएको स्मरण समेत गरिन् । उनले किन दुई-दुई पटक उक्त फिल्मलाई अस्वीकार गरिन् त ? उनको जवाफ छ, ‘यतिबेला पनि मैले बुलाकीका कारण नभ्याउने भनेको थिएँ । फेरि पनि शान्ति दिदीले सम्झाएपछि यो फिल्ममा काम गर्ने मौका जुर्‍यो । अहिलेसम्म नेपाली फिल्ममा काम गरेको अनुभवको कम्प्लिट प्याकेज जस्तो चाहिं यो फिल्म गर्दा अनुभव भएको थियो ।’

कान्सको उक्त सहभागिताले सुरक्षालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा दिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?