+
+

खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १३:१५

१९ जेठ, सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौ‌ंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६/५७ का यमप्रसाद भुर्तेल र इलाम घर भएका विद्युत् प्रशिक्षक वर्ष ३०/३२ का भानु पौडेल  रहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको खोजी भइरहेको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?