+
+
Shares

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ९:००

३ असार, काठमाडौं। डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ ।

आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए। ।

‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत् सम्मेलन हो । कन्क्लेभमा नेपाल, भारत, बङ्गलादेश, दक्षिण कोरिया, सिङ्गापुर, अमेरिकालगायत मुलुकबाट प्रस्तुतिको लागि विज्ञहरूको उपस्थिति हुनेछ ।

कन्क्लेभ आयोजनाका लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । ह्वावे नेपालका सिइओ हवांङ जुन र फाउन्डेसनका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।

डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरू एकै ठाउँमा उपस्थित हुनेछन्। कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।

यस वर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक अनुसन्धान पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ। कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेसको पनि आयोजना गर्दैछ, जहाँ फाइभजी, एआइलगायतका नयाँ प्रविधिका बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?