+
+

स्पोर्टस् ब्रा को विज्ञापनमा समलिंगी पुरुषको प्रयोग, किन भैरहेको छ आलोचना ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १७:३९

चर्चित अण्डरवेयर ब्राण्ड केल्भिन क्लेनले आफ्नो स्पोर्टस् ब्रा को ब्राण्डिंग गर्ने विज्ञापनका लागि एकजना समलिंगी पुरुष (ट्रान्सजेन्डर) को प्रयोग गरेपछि त्यसले चर्चा र विवाद ल्याएको छ ।

मोडल बप्पी कोट्र्रमले केल्भिन क्लेनको एक अभियानमा एउटा स्पोर्टस् ब्रा लगाएपछि मानिसहरु अचम्मित भए । कतिपय मानिसले उक्त कदमप्रति प्रश्न पनि उठाए ।

सन् २०२२ मा कम्पनीको विज्ञापन अभियानको तस्वीर पुनः सार्वजनिक भयो जसमा डच मोडेल बप्पी कोट्र्रम, जो एक पुरुषजस्तो देखिन्छन्, उनलाई महिलाको अण्डरवेयर ब्रा लगाएको अवस्था प्रस्तुत गरिएको थियो ।

केल्भिन क्लेन फोटोशूट तथा हर्मोन थेरापी पछि सन् २०२२ को अन्त्यमा कोट्र्रमले सर्जरीमार्फत् आफ्ना स्तन हटाएका थिए ।

एपिएल मोडल्समा रहेको उनको परिचय अनुसार बप्पी कोर्ट्रम नेदरल्याण्डमा बस्ने एक अश्वेत वणका तथा मोटो जिउडाल भएका समलिंगी पुरुष हुन् । उनले मोटो जिउडाल भएका समलिंगी मानिसहरुको अधिकार तथा सम्मानका लागि पैरवी गर्दै आएका छन् ।

बप्पी ट्वीटर तथा इन्स्टाग्राममा #TransTummyTuesday ह्यासट्यागका सर्जक पनि हुन् ।

तर छातिभरि बाक्लो रौँ तथा जुँगादाह्री समेत भएका र मोटो जिउडालका पुरुषलाई महिलाको ब्रा लगाइदिएर विज्ञापन तयार गर्ने केल्भिन क्लेनको कदमको धेरैले आलोचना गरेका छन् ।

यस्तै नसुहाउने खालको विज्ञापन गरिसकेको नाइकी तथा एडिडासको कदमबाट उक्सिएर केल्भिनले त्यसो गरेको हुनसक्ने कतिपयको ठम्याई छ । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?