+
+

जुम्लाको देयारपाटा गाउँमा भाइरल ज्वरो फैलियो, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १८:५७

१९ जेठ, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइका अनुसार भाइरल ज्वरोले गत जेठ ६ गते एक जनाको मृत्युसमेत भएको छ ।

उनका अनुसार बिरामी परेका ५३ जना मध्ये ८ जना गम्भीर प्रकृतिका छन् । त्यसमा दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार थालिएको छ ।

बिरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखा परेको छ ।

उक्त वडामा अहिले फेरि प्रतिष्ठानका डा. विशाल रोकायासहित दुई जनाको टोली खटिएको छ । जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको सुमाइले जानकारी दिए ।

कर्णाली प्रतिष्ठान र जनस्वास्थ्यको टिम पनि परिचालन

भाइरल ज्वरो फैलिएको जानकारी प्राप्त भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम सो क्षेत्रमा पुगेर फर्किएको छ ।

डाक्टर विशाल रोकाया र हेल्थ असिष्टेन्टको नेतृत्वमा टोली त्यहाँ पुगेर उपचार गरि फर्किएको प्रतिष्ठानका डाक्टर तुफान कठायतले जानकारी दिए ।

प्रतिष्ठानका स्वास्थ्यकर्मी रमेश काफ्लेका अनुसार उनीहरु त्यहाँ पुग्दा मानिसहरु उठ्नै नसक्ने गरी ओछ्यान परेका थिए ।

कनकासुन्दरीको वडा नम्बर ७ वडामा १ सय १५ घरधुरी छन् । अहिले प्रत्येकको घर घरमै पुगेर स्वास्थ्यकर्मीले स्वास्थ्य उपचार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?