 
																			१९ जेठ, काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।
यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।
५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
हिन्दु र बौद्ध घट्दा क्रिश्चियन बढ्यो
राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । उनीहरुको संख्या थोरै घटेको पाइएको छ ।
जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् ।
इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरुको संख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ ।
किरात धर्म मान्नेहरुको संख्या ०.०७ प्रतिशत बढेको छ । २०६८ मा ३.१ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरुको संख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ ।
क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ ।
यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको छ ।
कुन धर्म मान्ने कति ?
| धर्म | जम्मा | प्रतिशत | पुरूष | महिला | 
| हिन्दु | २३६७७७४४ | ८१.१९ | ११५८७५२९ | १२०९०२१५ | 
| बौद्ध | २३९३५४९ | ८.२१ | ११५९७९० | १२३३७५९ | 
| स्लाम | १४८३०६६ | ५.०९ | ७३२००६ | ७५१०६० | 
| किराँत | ९२४२०४ | ३.१७ | ४५११९३ | ४७३०११ | 
| क्रिस्चियन | ५१२३१३ | १.७६ | २४०२०६ | २७२१०७ | 
| प्रकृति | १०२०४८ | ०.३५ | ४८५२५ | ५३५२१ | 
| बोन | ६७२२३ | ०.२३ | ३१९६८ | ३५२५५ | 
| जैन | २३९८ | ०.०१ | १२३६ | ११५९ | 
| बहाइ | ५३७ | ०.०० | २३४ | ३०३ | 
| शिख | १४९६ | ०.०१ | ८५९ | ६३७ | 
| जम्मा | २,९१,६४,५७८ | १०० | १,४२,५३,५५१ | १,४९,११,०२७ | 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4