+
+

राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते २०:४९

काठमाडौं । नेपालको लागि बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् । यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना रहेको कम्पनीले जनाएको छ ।

त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना भएको कम्पनीले जनाएको छ । राज ब्रुअरीले सोलारबाट उत्पादन भएको ऊर्जाले आफ्नो कारखाना सञ्चालन गर्ने र अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुने कम्पनीले जनाएको छ । प्राइभेट इन्फ्रस्ट्रक्चर डेभलपमेन्ट ग्रुप कम्पनी इन्फ्राको एशिया र सरले ऊर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको कम्पनीले जनाएको छ । उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ ऊर्जा उत्पादन गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

देशको ऊर्जा विविधीकरणमा योगदान दिनुका साथै, राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

यसले ग्रीन हाउस ग्यास उत्सर्जन घटाउँदै दिगो विकास लक्ष्य १३ः जलवायु कार्यलाई पनि समर्थन गर्ने कम्पनीले दाबी छ । समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले ब्रुअरीको ऊर्जा आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको बताए ।

सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको उनले बताए । त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने बताए ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार ऊर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका अरु कम्पनीहरुमा पनि सोलार ऊर्जा प्रयोग गर्ने योजना रहेको बताए । यस्ता अभ्यासहरु जारी राख्दै जावलाखेल ग्रुप वातावरण संरक्षणमा सधैं अग्रसर रहने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?