+
+

दैलेखका ७ सम्पदा

भरतबन्धु थापा भरतबन्धु थापा
२०८० जेठ २० गते ७:३६
श्रीस्थान ।

१. शिरस्थान मन्दिर

दैलेखमा अवस्थित पञ्चकोशी तीर्थस्थलमध्ये एक हो- शिरस्थान मन्दिर । दुल्लु नगरपालिकाको रावतकोटमा अवस्थित यो मन्दिर शिरस्थान खोलाको नजिकै रहेको छ । महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस स्थानलाई शिरस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास रहेको छ ।

२. कोतगढी

दैलेखको नारायण नगरपालिका-१ को पुरानो बजारमा कलात्मक तथा विशाल ढुङ्गाहरूले निकै कलात्मक तवरले निर्माण गरिएकोे छ, कोतगढी । गढीको किल्लाभित्र पहिले दुई वटा घरसहित हातहतियार रहेको थियो । १८४६ सालतिर बहादुर शाहको नायबी कालमा गोरखाली सेनाले निर्माण गरेका हुन् यो गढी । यो गढीको स्वामित्व नेपाली सेनामा रहे तापनि उचित संरक्षण हुनसकेको छैन ।

३. बेलासपुर मन्दिर

कहिले निर्माण गरिएको भन्ने यकिन नभए पनि यस मन्दिरको ऐतिहासिकता भने खस मल्ल शासनकालको अवसानपश्चात स्थापित भएको हो । विलासपुर राज्यका प्रथम नायक श्री बर्माले १४७५ सालमा आफ्नो दरबारसँगै कुल देवताको रूपमा बटुक भैरव मूर्ति राखेर मन्दिर स्थापना गरेका हुन् ।

४. बालेश्वर शिवालय

दुल्लु नगरपालिकाको बडलम्जीमा रहेको बालेश्वर शिवालय श्री ३ जंगबहादुर राणाका पिता काजी बालनरसिंह कुँवरले जीर्णोद्धार गरेकोले यसलाई बालेश्वर शिवालय भन्ने गरिएको हो । उक्त मन्दिरमा भएको अभिलेखमा जीर्णोद्धार गरिएको समयभन्दा पनि २०० वर्ष पहिले बनाएको देखिन्छ । मन्दिरमा शिव लिङ्ग, भगवान बुद्धका मूर्तिहरू समेत रहेका छन् ।

५. भुर्ति बाइस देवल

नारायण नगरपालिका-७ भुर्तिमा रहेको बाइस देवललाई विश्व सम्पदामा सूचीकरणका लागि सन् २००८ जनवरी ३० देखि ‘क’ वर्गमा राखिएको हो । यी देवलहरू चौधौं र पन्ध्रौं शताब्दीतिरको कर्णाली प्रदेशका खस मल्ल राज्यकालीन समयमा निर्माण गरिएका हुन् । विगतमा यहाँ २५ वटा देवल रहेका भए पनि उचित संरक्षणको अभावमा हाल २२ मात्र बाँकी छन् । सदरमुकामबाट २० मिनेटको पैदल दूरी र सवारी साधनमा १० मिनेटमा भुर्ति बाइस देवल पुग्न सकिन्छ ।

६. मालिका मन्दिर

दुल्लु नगरपालिका-१३ मा अवस्थित मालिका मन्दिर पालिकाको उच्च स्थानमा पर्ने मन्दिरमध्ये एक हो । यहाँबाट दैलेख जिल्लाभर अवलोकन गर्न सकिन्छ ।

७. तल्लो डुंगेश्वर

कर्णाली राजमार्गसँगै जोडिएको तल्लो डुंगेश्वर कर्णाली नदी र लोहेर खोलाको संगमस्थल हो । यो स्थानमा पञ्चकोशी तीर्थस्थलमा पर्ने सिद्धेश्वर महादेवको मन्दिर रहेको छ ।

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?