+
+

ए डिभिजन लिग : हेडिङ प्रयासमा खेलाडी (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० जेठ २० गते १०:११
हिमालयन शेर्पाविरुद्ध हेडिङ गर्दै एफसी खुमलटारका खेलाडी ।

२० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको यस सिजन अब उत्कर्षतिर लाग्दैछ ।

डबल राउन्ड रोबिन प्रणालीमा आधारित यस लिगमा १४ क्लबले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्ड रोबिनमा १३ खेल खेल्ने टिमहरुले यस पटक प्रत्येकले २६ खेल खेल्नेछन् । हालसम्म २३ खेल खेलिसकेका टिमहरुले अब प्रत्येकले ३ खेल खेलन बाँकी छ ।

फुटबलमा सामान्यतय हेडर एक निकै आकर्षक र कलात्मक शैली हो । बललाई एकदेखि अर्कोमा पुर्‍याउन वा सहि दिशा दिन खेलाडीहरुले खुट्टा बाहेक आफ्नो टाउकोको पनि प्रयोग गर्छन् । यो देख्दा जति सामान्य देखिन्छ उतिनै जोखिमपूर्ण पनि हुन्छ ।

खेलाडीको टाउको एकअर्कामा ठोकिएमा हेड इन्जुरी पनि हुन सक्छ । ल्यान्डिङ नमिल्दा चोट लाग्ने सम्भावना उत्तिकै प्रवल हुन्छ । यस पटक ए डिभिजन लिगमा भएका खेलाडी इन्जुरीमा कतिपयलाई हेड इन्जुरी पनि भएको थियो ।

शेर्पाविरुद्ध हेडिङ गर्दै एफसी खुमलटारका खेलाडी ।

हिमालयन 

देख्दा भने फोटोमा यी हेडरहरु निकै आकर्षक देखिन्छन् । यसपटकको ए डिभिजन लिगमा विदेशी तथा स्वदेशी खेलाडीले गरेको केही हेडरलाई हामीले तस्वीरमा समेटेका छौं ।

हालसम्मको नतिजा हेर्दा चर्च ब्वाइज युनाइटेड ४१ अंकको साथमा शीर्षस्थानमा रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन मछिन्द्र ३९ अंकको साथमा दोस्रो स्थानमा रहेको छ ।

जारी ए डिभिजन लिगको अन्तिम खेल जेठ २७ गते हुनेछ । जेठ २७ गते तीन खेल छन् । जसमा संकटा क्लब र न्युरोड टिम (एनआटी), मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब तथा यस सिजनको अन्तिम खेलको रुपमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लब खेल्नेछन् ।

हेडिङ गर्दै सातदाेबाटाेका खेलाडी ।
हेडिङ गर्दै नेपाल पुलिसका विदेशी खेलाडी ।
हेडिङ गर्दै नेपाल पुलिसका रामजी वाजी ।
हेडिङ गर्दै खुमलटार एफसीका खेलाडी ।
हेडरमा जुध्दै नेपाल पुलिस र संकटाका दुई विदेशी खेलाडी ।

 

हिमालयन शेर्पाका खेलाडी एफसी खुमलटारविरुद्ध हेडिङ गर्दै ।
प्रतिस्पर्धामा मछिन्द्र र फ्रेन्डसका खेलाडीहरू ।
मछिन्द्र र फ्रेन्ड्सका खेलाडी ।
मछिन्द्र र फ्रेन्ड्सका खेलाडी ।

बल हेडर गर्न उफ्रिंदै नेपाल पुलिस र संकटाका खेलाडी ।

नेपाल पुलिसविरुद्ध हेडर गर्दै संकटाका नेल्सन युनियो कोन्फर ।

नेपाल पुलिसका विदेशी खेलाडी संकटाविरुद्ध हेडिङ गर्दै ।
त्रिभुवन आर्मीविरुद्ध हेडरको प्रयासमा थ्रीस्टारका अजयी मार्टिन्स ।
त्रिभुवन आर्मीका नवयुग श्र्ष्ठ थ्रीस्टारविरुद्ध हेडिङ गर्दै ।
हिमालयन शेर्पाका विदेशी खेलाडी मेनुयल नानाएफसी खुमलटारविरुद्ध हेडिङ गर्दै ।

जावलाखेलयुथ क्लबविरुद्ध हेडरको तयारीमा उफ्रेका मनाङ मर्स्याङ्दीका खेलाडी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?