+
+

दयाहाङ र मिरुनाको ‘जारी’ले २९ हलमा मनायो ५१ दिन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २१:५४

काठमाडौँ । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो ।

फिल्मले यो अवधिसम्म १७ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । फिल्मले पछिल्लो शनिबार पनि सुखद कमाइ गरेको उनको भनाइ छ । ‘विशेषगरी पूर्वका हलमा फिल्मले राम्रो कमाइ गरेको छ,’ पोखरेलले भने । ‘जारी’ ५१ दिन मनाउने फिल्ममध्ये सर्वाधिक धेरै हलमा चल्ने फिल्म समेत बनेको छ ।

यो फिल्म वशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो । फिल्मले नेपालमा मात्र नभएर विदेशमा समेत उछाल कमाइ गरेको छ । अमेरिका, युरोप, अष्ट्रेलियालगायत मुलुकमा फिल्मले लोभलाग्दो कमाइ गरेको थियो । लिम्बू समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा दयाहाङ राई र मिरुना मगरको प्रेमकथा बुनिएको ‘जारी’मा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल र रेखा लिम्बूको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?