+
+

मनसुनको समय आउँदैछ, कस्तो जुत्ता-चप्पल राम्रो ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १४:०१

काठमाडौं । अहिले गर्मीको मौसम छ । गर्मी त बढेको छ नै, कतिबेला पानी पर्ने हो त्यसको पनि ठेगान हुँदैन । किनकि अब बिस्तारै नेपालमा मनसुन पनि भित्रिने तयारीमा छ । यस्तो बेला जुत्ता-चप्पल लगाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

जाडो मौसममा पूरै खुट्टा ढाक्ने खालमा जुत्ता रोजाइमा पर्थे भने गर्मीमा छनोट फरक हुन्छ । यस समयमा खुल्ला तथा नचिप्लिने खालको जुत्ता-चप्पल उपयुक्त हुन्छ । गर्मीयाममा कस्तो डिजाइनका जुत्ता-चप्पल डिजाइनमा छन् त ?

जुत्ता व्यवसायी विशाल बरालका अनुसार महिलाले बलियो भन्दा पनि हेर्दा आकर्षक जुत्ता-चप्पल नै यस याममा पनि रोज्छन् । पुरुषले भने टिकाउ खालका जुत्ता बढी रोज्ने उनी बताउँछन् ।

गर्मीयाममा लगाउन र फुकाल्न सजिलो हुने खालका जुत्ता-चप्पल रोजाइमा पर्छन् । महिलाहरुले फ्ल्याट चप्पल, वेज हिल, पेन्सिल हिल, फ्ल्याट हिल, फिस चप्पल बढी रुचाएको पाइने बराल बताउँछन् । साथै क्लोज चप्पल (फ्ल्याट, हिल) पनि निकै मन पराउने उनको भनाइ छ ।

पुरुषले पनि बलिया फिता भएको चप्पल, अफिस जानका सोही अनुसारको फर्मल जुत्ता र अन्य बेलाको लागि स्पोर्ट्स जुत्ता बढी रुचाउँछन् । बालबालिकालाई भने सकेकसम्म बेल्ट जुत्ता नै लगाइदिनु राम्रो हुने बराल बताउँछन् । बच्चाले आफैं स्याहार गर्न नसक्ने भएकाले फिता भएको चप्पल उपयुक्त हुन्छ ।

गर्मीका लागि जुत्ता-चप्पल छनोट गर्दा लचिलो सोल, वाटरप्रुफ, सिलाई गर्न मिल्ने, फिस चप्पल, हाफ स्लिपर छनोट गर्नु राम्रो हुन्छ ।

कस्तो जुत्ता रोज्ने ?

गर्मीयाम त्यसमा पनि वर्षातको समयमा चिप्लिने समस्या हुने भएकाले लचिलो सोल भएको जुत्ता लगाउनु राम्रो हुन्छ । यस्तो जुत्ताले चिप्लिनबाट रोक्छ । यस्तै जुत्ता-चप्पल वाटरप्रुफ हुन पनि जरुरी छ । पानी नपस्ने जुत्ता भए मोजा भिज्दैन र खुट्टामा संक्रमण हुनबाट जोगिन सकिन्छ ।

त्यसैगरी पानी छर्ने खालको चप्पल पनि छनोट गर्नुहुँदैन । यसले पछाडिबाट पानी छ्याप्दा लुगा फोहोर हुन्छ । गर्मी र वर्षातको समयमा स्पोर्ट्स सुज पनि राम्रो विकल्पमै पर्छ । यो सदवहार डिजाइन हो । दैनिक प्रयोजनका लागि सबैभन्दा उपयुक्त हुने स्पोर्ट्स सुज चिप्लिने समस्या पनि कम हुन्छ । पानीले केही भिजाउने भए पनि यो नबिग्रिने भएकाले पनि वर्षातमा पनि यो उपयुक्त हुन्छ ।

वर्षातको समयमा घरबाहिर जाँदा हिल वा स्नीकर भने नलगाउनु राम्रो हुने बराल बताउँछन् । किनकि भिजेपछि यस्ता जुत्ता सुक्न समय लाग्छ ।

वर्षायाममा जुत्ताको हेरचाह कसरी गर्ने ?

-भिजेको जुत्ताले संक्रमणको जोखिम हुन सक्छ । त्यसैले त्यसलाई हावा आउने ठाउँमा राखेर सुकाउन सकिन्छ । भिजेको जुत्ता नसुकाइराख्दा त्यसको आयु कम हुने मात्र नभई संक्रमण समेत फैलाउँछ ।

-आफूले लगाएको जुत्तालाई दैनिक सफा पानी, कपडा वा ब्रसको सहायताले सफा गनुपर्छ । यसो गर्नाले जुत्ता टिकाउ हुन्छ ।

-जुत्तालाई टिस्यु वा अखबारमा बेरेर राख्दा सुरक्षित हुन्छ । यसले धलोधुवाँबाट जोगाउँछ ।

-जुत्ताका लागि वाटर पुफ्र कभर पनि किन्न सकिन्छ । यसले पानीबाट जुत्तालाई जोगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?