+
+

गहुँको बिल बनाएर युरिया मल ल्याउने ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १८:४२

२१ जेठ,  काठमाडौं । गहुँको बिल बनाएर युरिया मल ल्याउँदै गरेका २ सहित ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो ।

बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४ सय २० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रुपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रक समेत सोही बेसले नियन्त्रणमा लिएको थियो ।

यस्तै गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

राजश्व छलीको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो ।

तीन वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

यसैगरी गत १८ गते बिहीबार भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ५५ लाख १२ हजार ९ सय ६२ रुपैयाँ बराबरको कपडा र मिनी ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनीमाई गण मोरङले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको ना ६ ख ६६६४ नम्बरको कपडासहितको मिनी ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?