+
+
Shares

काठमाडौं महानगर विद्यार्थीलाई कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:१२

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ ।

महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ ।

डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल एन्ड वियोन्ड को सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विदार्थीलाई कोडिङ सिकाउन थालिएको महानगर शिक्षा विभागका शिक्षा अधिकृत सिताराम कोइरालाले जानकारी दिए । यो वर्ष महानगरका सबै विद्यालयहरुमा यो कार्यक्रम कार्यन्वयन गर्ने उनले बताए ।

उनले भने ‘सबै विद्यालयमा एकै चोटी सम्भव छैन त्यसैले असारसम्म १४ वटामा त्यसपछि अरु विद्यालयहरु गरेर सबै विद्यालयमा सिकाउँछौं ।’ त्यसका साथै सबै विद्यालयहरुमा गुगल वर्कस्पेस समेत कार्यन्वयनमा ल्याउने उनले बताए ।

डिजिटल शिक्षामा विद्यार्थी र शिक्षकहरुलाई सक्षम बनाउन महानगरपालिकाले डिजिटल एन्ड वियोन्डसँगको सहकार्यमा प्रत्येक विद्यालयमा कोड क्लब गठन गरेको छ  । यसले विद्यार्थीको सीप, सिकाई गुणस्तर तथा आलोचनात्मक विचार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने महानगरपालिकाको दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?