+
+

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:२७

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।

देशका विभिन्न स्थानहरुमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनःप्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।

सातै प्रदेशमा कुल ५८१ वटा विभिन्न प्रजातिका बिरुवाहरु रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रम समेत आयोजना गरिएको बैंकले जनाएको छ ।

वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?